SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर
काठमाडौँ, बैशाख ७ । पछिल्लो समय नेपालमा व्यावसायिक सीपको अभावमा हजारौँ युवाहरू अन्योलमा परिरहेका बेला ठाँटी खबरकी व्यापार प्रमुख सृजना गौतमले विद्यार्थीहरूको भविष्य लक्षित एक ठोस कदम अघि सारेकी छिन् । माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर बसेका विद्यार्थीहरूका लागि “खाली समयको सही सदुपयोग” नाराका साथ मिडिया ठाँटीले अहिले सम्मकै आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।
व्यापार प्रमुख गौतमका अनुसार, आर्थिक अवस्थाले कोही पनि विद्यार्थी सीप सिक्नबाट बन्चित नहोउन् भन्ने हेतुले नियमित शुल्कमा ७० प्रतिशत भारी छुटको व्यवस्था गरिएको हो । रु. १५,००० पर्ने विशेष क्र्यास कोर्स अब विद्यार्थीहरूले मात्र रु.४,५००/- मा प्राप्त गर्न सक्नेछन् ।
‘आत्मविश्वास नै सफलताको पहिलो खुड्किलो हो’ : सृजना गौतम
समाचार पोर्टल ठाँटी खबरकी व्यापार प्रमुख गौतम भन्छिन्, “हाम्रो उद्देश्य केवल व्यापार मात्र होइन, समाजमा एक सचेत र आत्मविश्वासले भरिएको नयाँ पुस्ता तयार गर्नु हो । स्टेजमा उभिएर बोल्न डराउने विद्यार्थीहरूका लागि यो एक हप्ताको तालिमले जीवनभरका लागि आत्मविश्वास प्रदान गर्नेछ ।” उनले वैशाख १५ गते गतेभित्र भर्ना हुने विद्यार्थीहरूले मात्र यो बम्पर छुट पाउने कुरा समेत स्पष्ट पारिन् ।
तालिममा के के समावेश छन् ?
बालाजु-१६, काठमाडौँमा सञ्चालन हुने यस तालिममा विद्यार्थीहरूले निम्न विषयहरूमा प्रयोगात्मक प्रशिक्षण पाउनेछन्:
-
Public Speaking: निर्धक्क भएर जनमानसमा बोल्ने कला ।
-
RJ/VJ Training: रेडियो र टेलिभिजन सञ्चालनको शैली ।
-
News Reporting: समाचार लेखन र वाचनको विशेष कक्षा ।
-
Personality Development: व्यक्तित्व निखार र नेतृत्व क्षमता विकास ।
-
Stage Fright Cure: ‘स्टेज फोबिया’ हटाउने जादुमयी तरिकाहरू ।
मिडियाका हस्तीहरूबाट प्रत्यक्ष प्रशिक्षण
यस तालिमको अर्को बलियो पक्ष भनेको अनुभवी प्रशिक्षकहरूको समूह हो । नेपाल टेलिभिजन अनलाइनका संयोजक गोविन्द धितालको पर्यवेक्षणमा हुने यस तालिममा मार्शल राठौर, खडानन्द भट्ट, दामोदर भट्ट र प्रमिला खतिवडा जस्ता दिग्गज व्यक्तित्वहरूले प्रशिक्षण दिनेछन् । तालिमको संयोजन लोकेश कुसारी रिजाल, सृजना गौतम र लक्ष्मी बस्नेतले गरिरहेका छन् ।
अवसर र भविष्य
व्यापार प्रमुख गौतमले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि विभिन्न मिडिया हाउसहरूमा इन्टर्नसिप र रोजगारीको समेत विशेष पहल गरिने प्रतिबद्धता जनाएकी छिन् । प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरूलाई प्रत्यक्ष मिडिया स्टेसनहरूको भ्रमण र अनुभव गराइनेछ ।
यस सुनौलो अवसरलाई सदुपयोग गर्न र आफ्नो सिट सुरक्षित गर्नका लागि ९८६३३१७१६३ वा ९८१५६६८४७९ मा सम्पर्क गर्न सकिने मिडिया ठाँटीले जनाएको छ ।
आजै सिट सुरक्षित गर्नुहोस्!
सम्पर्क: ९८६३३१७१६३/९८१५६६८४७९
WhatsApp/Viber: +९७७ ९८६३३१७१६३
वेबसाइट: www.mediathanti.com
मिडिया ठाँटी: हजारौँको माझमा तपाईंको बेग्लै आवाज!


प्रतिकृया दिनुहोस्