कांग्रेस विशेष महाधिवेशनमा ‘ट्विस्ट’: निर्वाचन कार्यतालिका संशोधन, राति ८ बजेदेखि मतदान

कांग्रेस विशेष महाधिवेशनमा ‘ट्विस्ट’: निर्वाचन कार्यतालिका संशोधन, राति ८ बजेदेखि मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाटकीय मोड आएको छ। महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदान समय परिवर्तन गरिएको हो।

केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार राति ८ बजेदेखि ९ बजेसम्म मतदान हुनेछ। यसअघि तय गरिएको कार्यतालिकामा परिवर्तन गरिएसँगै महाधिवेशन स्थलमा राजनीतिक सरगर्मी थप चुलिएको छ।

संशोधित निर्वाचन कार्यतालिका यस्तो छ

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार—

  • साँझ ५ बजे : विरोध (उजुरी) छानबिनपछि पुनः नामावली प्रकाशन

  • ५:३५ बजेसम्म : उम्मेदवारको मनोनयन दर्ता फिर्ता

  • ६ बजे : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

  • राति ८–९ बजे : मतदान

कार्यतालिका संशोधनसँगै नेताहरूको आन्तरिक छलफल तीव्र बनेको छ भने प्रतिनिधिहरू मतदानको प्रतीक्षामा छन्। विशेष महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने भएकाले सबैको ध्यान भृकुटीमण्डपतर्फ केन्द्रित भएको छ।