आजको मौसम अपडेट – २०८२ मंसिर ०४ गते (बिहीबार)

आजको मौसम अपडेट – २०८२ मंसिर ०४ गते (बिहीबार)

आजको मौसममा, देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशीगण्डकी प्रदेशका हिमाली क्षेत्रहरूमा केही स्थानहरूमा हल्का वर्षाहिमपातको सम्भावना रहेको छ, त्यसकारण उच्च पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

आज राति भने, कोशी, बागमती, गण्डकीकर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहन सक्नेछ, जबकि बाँकी भू-भागमा मौसम सफा रहने अपेक्षा गरिएको जानकारी मौसम पूर्वानुमान महाशाखाले गराएको छ

यात्रा र दैनिक गतिविधिहरूका लागि मौसमको बारेमा सतर्क रहनुहोस् र सुरक्षा सावधानी अपनाउनुहोस्!