उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा, तराईमा मौसम प्रायः सफा

उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा, तराईमा मौसम प्रायः सफा

राष्ट्रिय मौसम पूर्वानुमानअनुसार २०८२ माघ २० गते (मंगलबार) दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने अन्य हिमाली क्षेत्रका थोरै स्थानमा पनि यस्तै मौसम देखिन सक्छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । राति देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।