मौसम पूर्वानुमान – २०८२ माघ १० गते (शनिबार)
राष्ट्रिय पूर्वानुमान
आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
राति पनि देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लाग्ने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। बाँकी भू-भागमा आंशिक बादल रहनेछ।
प्रदेशीय पूर्वानुमान
कोशी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ र केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। पहाडी र तराई क्षेत्रमा आंशिक बादल रहनेछ।
राति: हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बादल रहने अनुमान छ।
मधेश प्रदेश
दिउँसो र राति: तराई क्षेत्रमा आंशिक बादल रहनेछ।
बागमती प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा सामान्यतया बादल रहँदै थोरै स्थानमा हल्का वर्षा/हिमपात हुन सक्छ। पहाडी र तराई क्षेत्रमा आंशिक बादल रहनेछ।
राति: हिमाली क्षेत्रमा सामान्यतया बादल, पहाडी क्षेत्रमा साधारणतया बादल, तराई क्षेत्रमा आंशिक बादल रहनेछ।
गण्डकी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा सामान्यतया बादल, थोरै स्थानमा हल्का वर्षा/हिमपात। पहाडी क्षेत्रमा आंशिक बादल र खण्डित वर्षाको सम्भावना। तराई क्षेत्रमा आंशिक बादल रहनेछ।
राति: हिमाली क्षेत्रमा सामान्यतया बादल, एक-दुई स्थानमा हल्का वर्षा/हिमपात। पहाडी क्षेत्रमा साधारणतया बादल, तराई क्षेत्रमा आंशिक बादल रहनेछ।
लुम्बिनी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा सामान्यतया बादल, केही स्थानमा हल्का वर्षा/हिमपात। पहाडी र तराई क्षेत्रमा आंशिक बादल।
राति: हिमाली क्षेत्रमा सामान्यतया बादल, पहाडी क्षेत्रमा साधारणतया बादल, तराई क्षेत्रमा आंशिक बादल।
कर्णाली प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा सामान्यतया बादल र थोरै स्थानमा हल्का वर्षा/हिमपात। पहाडी क्षेत्रमा आंशिक बादल।
राति: हिमाली क्षेत्रमा सामान्यतया बादल, एक-दुई स्थानमा हल्का वर्षा/हिमपात। पहाडी क्षेत्रमा साधारणतया बादल।
सुदूरपश्चिम प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा सामान्यतया बादल, थोरै स्थानमा हल्का वर्षा/हिमपात। पहाडी क्षेत्रमा आंशिक बादल, तराईमा आंशिक बादल।
राति: हिमाली क्षेत्रमा सामान्यतया बादल, एक-दुई स्थानमा हल्का वर्षा/हिमपात। पहाडी क्षेत्रमा साधारणतया बादल, तराईमा आंशिक बादल।



प्रतिकृया दिनुहोस्