तराईमा हुस्सु, पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

तराईमा हुस्सु, पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

२०८२ पुस १७ गते (बिहीबार)

आज दिउँसो:
तराई भू–भागका अधिकांश स्थानमा लागेको हुस्सु मध्यान्हपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति:
तराईका केही स्थानमा हुस्सु रहने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग