कपिलवस्तुमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी : भारतका २२ वर्षीय कामदार गिरफ्तार

कपिलवस्तुमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी : भारतका २२ वर्षीय कामदार गिरफ्तार

कपिलवस्तु, २८ कात्तिक —
कपिलवस्तुमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्। बुद्धभुमी नगरपालिका–७, बिशमपुरास्थित सरस्वती इटा उद्योगमा मजदुरी गर्दै आएका भारत उत्तर प्रदेश देवरिया गिडा पोस्ट निवासी २२ वर्षीय राकेश निसादलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय गोरूसिंगेको टोलीले पीडित पक्षले दर्ता गराएको उजुरीका आधारमा निसादलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीय क्षेत्रमा बालिका सुरक्षितताको विषय पुनः चर्चामा आउँदा, धेरैले आरोपीमाथि कडा कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन्।