सिन्धुलीमा टायरभित्र लुकाएको १५ लाख नगदसहित ४ जना पक्राउ

सिन्धुली, २६ कात्तिक | विशेष रिपोर्ट
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२, झनझने बाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार, मंगलबार दिउँसो बा.प्र.०१–०३१ च ५८०४ नम्बरको कार सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गर्दा झनझने प्रहरी चौकीको टोलीले सामान्य चेकजाँच गरेको थियो।
तर, सो गाडीको पछाडिको साइड टायरभित्र लुकाइएको नगद भेटिएपछि सबै चकित बने!

पक्राउ पर्नेहरूमा —

  • काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद,

  • २१ वर्षीय आमी अमिद,

  • रौतहट गुजरा–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन,

  • र चीनका नागरिक ३२ वर्षीय XIONG CHANGYE रहेका छन्।

प्रहरीले तत्काल सबैलाई नियन्त्रणमा लिएर रकम बरामद गरेको छ। अहिले नगदको स्रोत र प्रयोजनबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


📍 स्थान: झनझने, हरिहरपुरगढी–२, सिन्धुली
💸 बरामद रकम: रू. १५,००,०००
🚔 पक्राउ: ४ जना (१ विदेशी नागरिकसहित)
🕵️ स्थिति: अनुसन्धान जारी