देशका विभिन्न ठाउँमा चार जना मृत अवस्थामा फेला

देशका विभिन्न ठाउँमा चार जना मृत अवस्थामा फेला

काठमाडौंदेखि बैतडीसम्मका दुःखद घटनाले स्तब्ध बनायो जनता 🇳🇵

काठमाडौं, १३ कात्तिक — ठाँटी खबर
देशका विभिन्न जिल्लामा बिहीबार चार जना फरक–फरक ठाउँमा मृत अवस्थामा फेला परेको खबरले सबैलाई स्तब्ध बनाएको छ।

👉 मोरङ, सुन्दरहरैँचा–४ गैरीटोलका ४० वर्षीय युवराज ताम्ली आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
👉 रुकुम पश्चिम, त्रिवेणी गाउँपालिका–६ दवाङस्थित खेलमैदान छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको छ।
👉 पाँचथर, कुम्मायक गाउँपालिका–४ जरायोटारका ४३ वर्षीय पदम राज सम्बाहाम्फे पनि आफ्नै घर नजिकै मृत फेला परेका छन्।
👉 बैतडी, मेलौली नगरपालिका–७ पच्कोरा निवासी ५५ वर्षीय भिम सिंह रावत भने सोही नगरपालिका–६ ओईलास्थित भिरमा मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार सबै घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।