रूपन्देहीमा एक व्यक्ति मृत अवस्थामा फेला

रूपन्देहीमा एक व्यक्ति मृत अवस्थामा फेला

रूपन्देही, ९ कात्तिक

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ हाटबजार चोकस्थित सडक पेटीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

मृत फेला पर्ने व्यक्ति सोही नगरपालिका–६ गल्लामण्डीका ५५ वर्षीय मगल वर्मा रहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान स्थानीयले सडक पेटीमा शव देखेपछि प्रहरीले घटनास्थल पुगेर आवश्यक कार्यवाही गरेको हो।

घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।