राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं, ३० असार । राजर्षि जनक विश्वविद्यालयको आज सम्पन्न १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको  जानाकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ !