नेपालको इतिहासमै पहिलो पटक राष्ट्र शान्ति, समृद्धि, आत्मकल्याण र राष्ट्रबासीहरूको सर्वाङ्गीण हितका लागि श्री लक्ष चण्डी महायज्ञ आयोजना हुने

नेपालको इतिहासमै पहिलो पटक राष्ट्र शान्ति, समृद्धि, आत्मकल्याण र राष्ट्रबासीहरूको सर्वाङ्गीण हितका लागि श्री लक्ष चण्डी महायज्ञ आयोजना हुने

नेपालको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको राष्ट्र शान्ति समृद्धि आत्मकल्याण र राष्ट्रबासीहरूको सर्वाङ्गीण हितका लागि श्री लक्ष चण्डी महायज्ञ २०८२ साल माघ १८ गतेदेखि फागुन १७ गतेसम्म हुने ३० दिन लामो श्रीलक्ष चण्डी महायज्ञमा १ लाख चण्डी पाठ १ लाख श्रीगणेश अथर्वशिर्षको पाठपारायण, विशाल मण्डप मा रहेका १०० हवनकुण्डमा श्री दुर्गा सप्तशती मन्त्रले हवन हुने विराट महायज्ञमा आध्यात्मिक उन्नतिका लागि सहभागी बनौँ
आध्यात्मिक महामहोत्सव ,विराट महायज्ञमा सहभागी हुनका लागि देश विदेशभरि रहनुभएका सनातन हिन्दु धर्म संस्कृति परम्पराका उपासकहरुलाई देवघाट धाममा हार्दिक निमन्त्रणा गर्दछु।
देवघाट धाम गलेश्वर आश्रम स्थापनाको १०० वर्षको महत्त्वपूर्ण अवसरमा सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनीहरु ,साधक साधिकाहरूलाई देवघाट धाममा आएर एक महिना लामो महायज्ञमा सहभागी वनेर सिद्धेश्वर महादेवको सान्निध्यतामा सिद्धि प्राप्त गर्न सक्नुहुनेछ।
साधनाको माध्यमबाट जीवनलाई उज्ज्वल , साधनामय बनाउने महत्वपूर्ण कार्यमा सहभागी भएर एक महिना सम्म चल्ने विराट महायज्ञमा साधकको रूपमा सहभागी बन्ने सुनौलो अवसर प्राप्त हुँदैछ।
यो महायज्ञले राष्ट्रमा रहेको सुषुपत आध्यात्मिक ,सांस्कृतिक, सामाजिक, सामूहिक चेतनालाई जागृत गर्नेछ। राष्ट्रमा आर्थिक उन्नति प्रगति का साथसाथै आध्यात्मिक पर्यटनमा सहयोग पुग्नेछ,
, नेपालको गौरमय इतिहासको यो महत्त्वपूर्ण कालखण्डमा राष्ट्रजागरणको महाअभिया पनि हो, महायज्ञको माध्यमबाट राष्ट्रिय जीवन ,राष्ट्रिय चरित्र, राष्ट्रिय संस्कृतिको संरक्षण सम्वर्धन हुनेछ ,,
नेपाल र नेपालीको सर्वाङ्गीण हितका लागि गरिने महायज्ञ नेपालको संस्कृति परम्परा र आध्यात्मिक मूल्य, मान्यतालाई एकआपसमामा अझ सुदृढ बनाउनेछ।

आध्यात्मिक भूमि देवभूमि तपोभूमि देवघाट धाममा गलेश्वर आश्रममा बसेर हामीले जीवनलाई सार्थक बनाउन साधना गर्यौ भने आगामी आउने सन्ततिले पनि सुख शान्ति समृद्धि प्राप्त गर्नेछन्, पितृहरूको आशीर्वाद प्राप्त हुनेछ,
सम्पूर्ण देशवासीहरूलाई हार्दिक आह्वान गर्दछु। तन मन धन वचनले महायज्ञमा सहभागी बनौ यजमान बनौँ र साधक भएर एक महिनासम्म देवघाटधाम साधना गरौँ साधनामय जीवन यापन गरौं।
कलौचण्डी विनायकौ, कलियुगमा भगवती महामाया चण्डी एवं भगवान गणेशको उपासना गर्यो भने परिवारमा सुख शान्ति, समृद्धि, राष्ट्रको अभ्युदय प्राप्त हुन्छ शास्त्रीय वचन रहेको छ
सबै प्रकारका मनोकामना पूरा हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ ,एक सय १००हवन कुण्ड निर्माण हुनेछन्, भगवान गणेश , भगवान शिव, लक्ष्मीनारायण ,भगवती महाकाली महालक्ष्मी, महासरस्वती सहित वैदिक देवताहरूको वैदिक मन्त्रद्वारा आह्वान हुनेछ ,
,नवग्रह शान्ति मण्डप ,वास्तु ,क्षेत्रपाल भैरव ,महाकाली महालक्ष्मी महासरस्वती सहित सम्पूर्ण देवताहरूको आह्वान पुजा अर्चना गरिनेछ,,
भगवान गणेशको एक हजार नामले दुबो अर्चना लड्डु अर्चना गर्न सक्नुहुनेछ। भगवान लक्ष्मीनारायणका एक हजार नाम ले विशेष प्रकारको पुष्प अर्पण गर्न सक्नुहुनेछ।
एक पाठ चण्डीपाठ ,नौपाठ ,सयपाठ ,एकहजार पाठको संकल्प गरेर यज्ञमा यजमान वन्न सक्नु हुनेछ ,,
अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज महायज्ञ आयोजक तथा प्रचार प्रचार मूल समिति