राप्रपा, शिक्षक र लघुवित्त पिडितको छुट्टा- छुट्टै प्रदर्शन, यी ठाउँमा सवारी आवागमन कठिन हुनसक्ने

राप्रपा, शिक्षक र लघुवित्त पिडितको छुट्टा- छुट्टै प्रदर्शन, यी ठाउँमा सवारी आवागमन कठिन  हुनसक्ने

 

काठमाडौं । आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ।मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका छन्।

राप्रपाले बल्खुमा विरोध कार्यक्रम, शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा कार्यक्रम गर्ने साथै सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ।