Balen Shah: नेपालको राजनीतिमा ‘युवा युग’ को सुरुवात; बालेन बने इतिहासकै कान्छा प्रधानमन्त्री
काठमाडौं, १३ चैत २०८२ — नेपालको संसदीय इतिहासमा आज एउटा सुनौलो र अभूतपूर्व अध्याय थपिएको छ। काठमाडौं महानगरपालिकाको सफल नेतृत्वपछि राष्ट्रिय राजनीतिमा होमिएका बालेन्द्र शाह (बालेन) ले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा बालेनसँगै १४ जना नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका हुन्।
यो नियुक्ति केवल सत्ता परिवर्तन मात्र नभई, नेपालको संविधान २०७२ जारी भएपछिको एक ऐतिहासिक मोड पनि हो। संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो। यसअघिका सरकारहरू प्रायः मिलिजुली वा अन्य उपधारा प्रयोग गरी बनेका थिए। साथै, बालेनको यो उदयले नेपालको इतिहासमा पहिलोपटक मधेशी समुदायको व्यक्ति प्रधानमन्त्री बन्ने गौरवपूर्ण कीर्तिमान समेत कायम गरेको छ।
पछिल्लो निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै संसद छिरेका बालेनको यो यात्रा “जनताको विश्वास र परिवर्तनको तीव्र चाहना” को प्रतीक मानिएको छ। काठमाडौंको मेयरबाट राजीनामा दिएर निर्वाचनमा होमिएका उनले छोटो समयमै देशको बागडोर सम्हाल्ने अवसर पाएका हुन्।
नयाँ मन्त्रिपरिषद् र कार्यविभाजन: प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् भने उनको टिममा विज्ञ र युवाहरूको वर्चस्व देखिएको छ:
-
डा. स्वर्णिम वाग्ले: अर्थमन्त्री (मन्त्रिपरिषद्को दोस्रो वरीयता)
-
सुधन गुरुङ: गृहमन्त्री
-
शिशिर खनाल: परराष्ट्रमन्त्री
-
सोविता गौतम: कानुनमन्त्री
-
शिशिर खनाल: परराष्ट्रमन्त्री
-
निशा मेहता: स्वास्थ्य तथा जनसंख्यामन्त्री
शपथ ग्रहण समारोहमा बटुकहरूले स्वस्तिवाचन र लामाहरूले मंगलवाचन गरेर धार्मिक तथा सांस्कृतिक सद्भावको सन्देश समेत दिइएको थियो। ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका बालेनबाट आम नागरिकले सुशासन, आर्थिक विकास र राजनीतिक स्थिरताको ठूलो अपेक्षा गरेका छन्।



प्रतिकृया दिनुहोस्