डा. बाबुराम भट्टराईका स्वर्गीय पिता भोजप्रसाद भट्टराईप्रति प्रलोपा भिमसेन थापा गा. पा. कमिटी, गोरखाको भावपूर्ण श्रद्धाञ्ज अर्पण

डा. बाबुराम भट्टराईका स्वर्गीय पिता भोजप्रसाद भट्टराईप्रति प्रलोपा भिमसेन थापा गा. पा. कमिटी, गोरखाको भावपूर्ण श्रद्धाञ्ज अर्पण

काठमाण्डौँ – माघ २६, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईका स्वर्गीय पिता भोजप्रसाद भट्टराईको पाँचौँ पुण्यतिथिको अवसरमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भिमसेन थापा गाउँपालिका कमिटी, गोरखाको आयोजनामा श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्वर्गीय भोजप्रसाद भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।

उक्त श्रद्धाञ्जली कार्यक्रममा पार्टीका गाउँपालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेताहरू एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै राष्ट्रिय स्तरका सञ्चारमाध्यमका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकारहरूको समेत सहभागिता रहेको कार्यक्रम अत्यन्त मर्यादित, अनुशासित र भावुक वातावरणमा सम्पन्न भएको थियो।

स्वर्गीय भोजप्रसाद भट्टराईप्रति व्यक्त श्रद्धाञ्जलीका शब्दहरूले उहाँप्रतिको उच्च सम्मान, सामाजिक योगदान तथा पारिवारिक मूल्यप्रति सबैको गहिरो कदर झल्काएको थियो।