“विद्यालयलाई मन्दिर बनाउने ममतामयी आमा सम्मानित—समुदाय गौरवान्वित!”

“विद्यालयलाई मन्दिर बनाउने ममतामयी आमा सम्मानित—समुदाय गौरवान्वित!”

भरतपुर | आज भन्दा ४७ वर्ष पहिले, तत्कालिन शिक्षाप्रेमी र समाजसेवीहरू श्याम प्रसाद तिमिल्सिना, लीला नाथ मैनाली, प्रेम बहादुर मैनाली, इन्द्र राज राउत, ईश्वरी प्रसाद रेग्मी, होमनाथ रेग्मी, बाबु राम महतो, ओकिल्नी आमा, बिष्णु हरि देवकोटा, घप्पन बहादुर लामाहरूको अगुवाईमा, मोहना, भेड़ी, गड़ौली, पर्सा, निपनी, मनहरा र ढिकुवाका स्थानीय बासिन्दाको सहयोगमा साल, साजका लाथ्रा, हाँगाका खावाँ र खरखड़ाईको बारबाट मोहना माध्यमिक विद्यालय, रत्ननगर-९ स्थापना भएको थियो।

विद्यालयको ४७ औँ वार्षिकोत्सवमा विद्यालयको तर्फबाट “ममतामयी आमा” सम्मानित हुनु भएको छ। यस सम्मानले स्व. प्रेम प्रसाद पौडेलको परिवार र समुदाय अत्यन्त गौरवान्वित बनेका छन् ।

स्थापना कालदेखि आजसम्म विद्यालयलाई विद्याको मन्दिर बनाएर राख्न अनवरत समय दिँदै आएका प्रधानाध्यापकहरू, शिक्षक-शिक्षिकाहरू, कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र स्थानीय निकाय तथा पदाधिकारीहरू सबै धन्यवादका पात्र हुनुहुन्छ।

यस प्रकारको सम्मान र स्थानीय समुदायको सहकार्यले  शिक्षामा नवप्रेरणा ल्याएको छ र भावी पुस्तामा समाजसेवा र शिक्षा प्रेमको संस्कार पनि प्रवाह गरिरहेको छ।

समुदाय र शिक्षाको समृद्धि यहाँ देखिन्छ—जहाँ शिक्षा, सम्मान र प्रेमले हातेमालो गरेका छन्।