सोनाम ल्होसारको हार्दिक शुभकामना – दामोदर भट्ट, प्रमुख कार्यकारी अधिकृत, मिडिया ठाँटी प्रा.लि.

सोनाम ल्होसारको हार्दिक शुभकामना – दामोदर भट्ट, प्रमुख कार्यकारी अधिकृत, मिडिया ठाँटी प्रा.लि.

सोनाम ल्होसारको पावन अवसरमा
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलकामना व्यक्त गर्दछु।

सोनाम ल्होसार हाम्रो बहुमूल्य सांस्कृतिक पहिचान, परम्परा र जीवनशैलीको प्रतीक हो। यो पर्वले परिवार, समाज र समुदायबीच आपसी सद्भाव, एकता, मेलमिलाप र सहकार्यको भावना अझ प्रगाढ बनाउँदै शान्ति र समृद्धिको मार्गतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्दछ।

हामी सबैले आफ्ना मौलिक संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै समतामूलक, समुन्नत र समृद्ध समाज निर्माणतर्फ निरन्तर अग्रसर रहौँ। यस सोनाम ल्होसारले हरेक नेपालीको जीवनमा नयाँ आशा, उत्साह, सकारात्मक ऊर्जा र उज्यालो भविष्यको ढोका खोलोस्।

सोनाम ल्होसारको हार्दिक शुभकामना !

शुभेच्छुक,
दामोदर भट्ट
प्रमुख कार्यकारी अधिकृत (CEO)
मिडिया ठाँटी प्रा.लि.
बालाजु–१६, काठमाडौं, नेपाल