इक्यान महासचिव पदमा नवराज केसी खत्रीको उम्मेदवारी, व्यवसायीमैत्री र ऊर्जावान नेतृत्वको प्रतिबद्धता

इक्यान महासचिव पदमा नवराज केसी खत्रीको उम्मेदवारी, व्यवसायीमैत्री र ऊर्जावान नेतृत्वको प्रतिबद्धता

काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को पुस २८ गते सम्पन्न हुने २०औँ साधारणसभा अन्तर्गतको केन्द्रीय निर्वाचनमाको आगामीकार्यकालका लागि नवराज केसी खत्री ले एन्ड्र्यु पौडेलको समूहबाट महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, सम्मानजनक र सुदृढ बनाउने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका खत्रीले सम्पूर्ण ECAN सदस्यहरूबाट अमूल्य मत, विश्वास र समर्थनको अपेक्षा गर्नुभएको छ।

उम्मेदवारी घोषणासँगै खत्रीले भन्नुभएको छ,
“यदि सदस्यज्यूहरूको विश्वास प्राप्त भयो भने, आगामी दुई वर्षसम्म ECAN र सम्पूर्ण ECAN सदस्यहरूको हितलाई केन्द्रमा राखेर निष्ठा, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्नेछु। सदस्यहरूको आवाज, समस्या र सरोकारलाई संस्थागत रूपमा सम्बोधन गर्दै शैक्षिक परामर्श व्यवसायलाई अझ सम्मानजनक बनाउने दिशामा निरन्तर लागिरहनेछौं।”

एन्ड्र्यु पौडेलको नेतृत्वमा रहेको टिमलाई ऊर्जावान, समन्वयकारी र व्यवसायीमैत्री समूहका रूपमा चित्रण गर्दै खत्रीले उक्त टिमलाई साथ र समर्थन गर्न सबै सदस्यहरूलाई आग्रह गर्नुभएको छ।
हजुरहरूको एक मतले ECAN लाई नयाँ ऊर्जा र ऊर्जावान टिम प्रदान गर्नेछ,” उहाँको भनाइ छ।

शैक्षिक परामर्श क्षेत्रका वर्तमान चुनौती, सदस्यहरूको व्यावसायिक सुरक्षाका विषय र संस्थागत सुदृढीकरणप्रति स्पष्ट दृष्टिकोण राख्ने खत्रीको उम्मेदवारीलाई ECAN भित्र जिम्मेवार नेतृत्वको सकारात्मक विकल्पका रूपमा हेरिएको छ।

अन्त्यमा, उहाँले सम्पूर्ण ECANions मित्रहरूको समय, विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै ‘जय ECAN’ को उद्घोष गर्नुभएको छ।