आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, चैत

सप्तरी, बोदे बर्साइन नगरपालिका-२ बैरीया टोल बस्ने सुरेश यादवको गोठ अरण यादवको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी सप्तरी, हनुमाननगर कंकालिनगरपालिका-९ हनुमाननगर बस्ने राजकुमार शर्माले संचालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा विद्युत सर्ट भई गए राति आगलागीहुँदा विभिन्न क्ट्रोनिक सामानहरू जलेर करिब १२ लाखरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

इलाम, रोङ गाउँपालिका-३ चिण्डेपानी बस्ने तिल बहादुर भुजेलको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मकवानपुर, थाहा नगरपालिका६ सिखर खेल बस्ने ५६ वर्षीय राम पुकार अधिकारी र ३७ वर्षीय राजेश अधिकारीकोघरमा गए राति आगलागी हुँदा भाडार्तन, लत्ताकपडा, खाद्यन्न लगायतका सरसामान जलेर करिब लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका-७ सोनपुर बस्ने ४७ वर्षीय सुकन थारको घरमा विद्युत र्ट भई शनिबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, भाडावर्तन, पम्पसेट, घाँस काटने मेसि लगायतका सरसामान जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानिय वासिन्दा तथा  दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)