आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १६ चैत  

ओखलढुंगा, लिखु गाउँपालिका-७ पिपलडाँडा बस्ने रद्र बहादुर बस्नेतको गोठमा शुक्रबार साँझ आगलागी हुँदा गोठर्णपमा जलेर करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बागलुङ, ढोरपाटन नगरपालिका-४ घाइवाङस्थित खरबारीमा शुक्रबार दिउँसो लागेको फैलिएर सोही नगरपालिका-४ तोस्लाङ बस्ने जस बहादुर परियारको घर, गोमान सिंह हर्मेलको गोठ, सोही नगरपालिका-४ थुमखर्क बस्ने हिम प्रसाद रसाईलीको घरगोठ, खिम बहादुर हर्मेलको गोठ,पृथीलाल रसाईलीको गोठ, पलाल बिको गोठ र सोही नगरपालिका-४ देउराली बस्ने चन्द्रमणी हर्मेलको गोठ समेतपूर्णपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन

अर्घाखाँची, मालारानी गाउँपालिका-३ चोरकाटे बस्ने रद्र जिसीको घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पर्णरपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन

रसुवा, उत्तरगया गाउँपालिका-१ मैलुङस्थित निर्माणन अप्पर त्रिशुली हाईड्रोपावरको अडिट ३ कोकामदारहर सुत्न कोठामा शुक्रबार दिउँसो आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रोल्पा, न्टिगढ गाउपालिका२ जौलीपोखरी बस्ने ६० वर्षीय छबिलाल बस्नेतको गोठमा शुक्रबार दिउँसो आगलागी करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका३ बस्ने ४८ वर्षीयविवेक भट्टको विवेक फिड ईन्डष्ट्रिज प्रालिमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब १६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कैलाली, भजनी नगरपालिका-७ पृथ्वपुर गौडी बस्ने मटर यादवको भान्सामा शुक्रबार साँझ लागेको आगो फैलिएर नजिकै रहेका अन्य ५ जनाको गोठ र गहुबारीमा समेत आगलागी हुँदा करिब लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, कटहरी गाउँपालिका- स्थित उत्सव चप्पल फ्याक्ट्रीशुक्रबार दिउँसो आगलागी हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बर्दिया, ठाकुरबाबा नगरपालिका-९ हात्तीसारस्थित निर्माणाधीटाईगर ट्याग होटलमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पदम शाहीको घरमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ राननगरस्थित सुमित घिमिरेको पुजा सामाग्री पसल, गणेश क्षेत्रीको कपडा पसल र सरस्वती अधिकारीको कस्मेटिक्स पसलमा गए राति आगलागी हुँदा नै वटै पसलहरपूर्णरपमा जलेर नष्ट भएको छ

उदयपुर, त्रियुगा नगरपालिका५ बस्ने नेत्र दियालीको कुखुरा र्ममा गए राति आगलागी हुँदा करिब १० लाख रूपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँके, राप्तिसोनारी गाउँपालिका-१ चप्परगौडीस्थित टोप बहादुर खत्रीको रमा शुक्रबार राति लागेको आगो फैलिएर घर र घरसगै रहेको बाख्राको खोर समेत पुर्णरपमा जलेरनष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-१ ख्याम्पु बस्ने शेर बहादुर मगरको घरमा शुक्रबार राति आगलागी हुँदा घर, घर भित्र रहेक भाडावर्तन, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, परोहा नगपालिका-बस्ने फेकन साहको गोठमाशनिबार बिहान आगलागी हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)