आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १५ चैत

भक्तपुर, चाँगुनारायण नगरपालिका-७ ईच्छाटोलस्थितकाभ्रे मण्डनदेउपुर नगरपालिका-५ घर भएका ५१ वर्षीयलोकनाथ ढकालको गोठमा शुक्रबार बिहान आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ

सप्तरी, महादेवा गाउँपालिका- कजौली टोल बस्ने २४ वर्षीय शिव कुमार मण्डलको घरमा गए राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४८ वर्षीय सुगम्बर मण्डलको घर र ४२ वर्षीय गुनेश्वर मण्डलको गोठ र परालको टालमा समेतआगलागी हुँदा तीनै जनाको गरी करिब २८ लाख २० हजाररूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ

नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका-४ बैरवास्थित पिन्टु पाठकले आफनै घरमा संचालन गरेको किराना पसलमा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागीहुँदकिराना पसलमा रहेका सामानहर जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका-८ औरीस्थित राजकुलाटोल बस्ने ४६ वर्षीय पदम बहादुर सारमगरको घरमाबिहीबार राति लागेको आगो फलिएर सोही ठाउँ बस्ने ४८ वर्षीय तिलक बहादुर सारमगरको गोठमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

यसैरी बर्दिया, ठाकुरबाबा नगरपालिका-२ पेरन बस्ने ४२ वर्षीय प्रेमलाल थारको गोठमा बिहीबार दिउँसो आगलाग भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

पिलवस्तु, कृष्णनगर नगरपालिका-१२ नरेनापुर बस्ने तिलक राम बरईको गोठमा बिहीबार साँझ लागेको आगो फैलिएर उनकै भा जम्मी बरको घरसोही ठाउँ बस्ने श्यामलाल यादवको गोठमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब ७ लाख ५४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-३ खैराटी बस्ने रामवतार बरईको गोठमा बिहीबार दिउँसो आगलागी हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-८ बिसनपुर बस्ने हरिराम लोहोनियाको घरगोठमा बिहीबार राति आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका भोटेचौर गुरङ गाउँ बस्ने ४० वर्षीया दुर्गा गुरङको गोठमा बिहीबार दिउँसो आगलागी हुँदा गोठ र्णपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कञ्चनुर, मदत्त नगरपालिका-२ मौलिया बस्ने पंकज दमाईको घरमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ 

यसैगरी कञ्चनपुर, मदत्त नगरपालिका-६ उदयदेव टोल बस्ने कृष्ण चन्दको घरमा बिहीबार साँझ आगलागी हुदा रिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ

रौतहट, कटहरिया नगरपालिका-९ डुमरिया बस्ने जाल मोहमदको घर तथा गोमा गए राति आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ

यसैगरी कैलाली, जानकी गाउँपालिका-८ टाङटुलबस्ने ४५ वर्षीय खडक सिंह बिको गोठमा गए राति आगलागी हुँदा गोठ पर्णपमा जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)