अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं, १५ चैत

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ बस्ने २२ बस्ने सुजन थापा मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय जमुनाह लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ दल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम सहित रोल्पा परिर्तन गाउँपालिका-३ बस्ने ३१ वर्षीय भुपेन्द्र बुढामगर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय जमुनाह, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्राम सहित ञ्चनपुर कृष्णपुर नगरपालिका-४ मालुमेला बस्ने २७ वर्षीदिपक ओली समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामडोल २ सय ६० ट्याब्लसहित लमजुङ रानास नगरपालिका-४ बस्ने २६ वर्षीय आशिष गैरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौबाट लमजुङतर्फ जाँदै गरेको बा. ३ ख १०६८ माईक्रो बस जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)