अनलाइन जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न ११ जना भारतीय नागरिक पक्राउ
- thantikhabar
- March 27, 2025
12.5K
SHARES
काठमाडौं, १४ चैत
अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणा समेत ११ जना भारतीय नागरिकहरूलाई मंगलबार साँझ प्रहरीलेपक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ ।साथै उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!
-
कुमारी बैंकका ग्राहकलाई रदमाअंक होटलमा २० प्रतिशतसम्म छुट
October 3, 2026 -
साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ
October 3, 2026 -
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
October 3, 2026
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!



प्रतिकृया दिनुहोस्