सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, १४ चैत
अर्घाखाँची, शितगंगा नगरपालिका-२ भुवनपाटास्थितसडकमा लु.२ ख ३०३ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका बस चालक नवलपरासी पश्चिम बर्दघाट बस्ने ५० वर्षीय मदन कुमार विक, बसमा सवार रूपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना बस्याल,नवलपरासी पश्चिम भुमही बस्ने ५० वर्षीया उमा न्यौपाने र ६५ वर्षीया गायत्री न्यौपानेको प्राथमिक स्वास्थय केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २४ जनाको भैरहवा मेडिकल कलेजरूपन्देहीमा उपचार भइरहेको छ ।
महोत्तरी, सोनमा गाउँपालिका-६ स्थित सडकमा बिआर ३० एसी २३६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ कतरवा टोलबस्ने ५५ वर्षीय किसुनदेव यादवको घटनास्थलमै मृत्यु भएको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका–१० स्थित सडकमा बागमती प्रदेश–०१–०३१ च ५००२ नम्बरको कारमा लु.३६ प८४४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसोदुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–२बस्ने ६० वर्षीय खेम राज पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्