सवारी चालक उन्नत तालिम सुरू

सवारी चालक उन्नत तालिम सुरू

काठमाडौं, ११ चैत  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २९औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ ।

सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले सोमबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन     गर्नुभयो । 

कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार जना र प्रहरी जवान ८ जना गरी कूल ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)