अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, चैत

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोहीगरपालिका-९ बस्ने १९ वर्षीय अनुप बोहरालाईआइतबार राति प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सैगरी कैलाली, चुरे गाउँपालिक बाट नियन्त्रितलागूऔषध टापेण्टाडोल ७० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-२ बस्ने २७ वर्षीय गोपाल बहादुर सलामी२० वर्षीय मिलन मास्के मगर रहेका छन् । लाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले सु.प.प्र.०१०१२ प ९७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१० झारबहिराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने रोल्पा, रोल्पा नगरपालिका-२ घर भएका २४ वर्षीय आकाश डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय १८ मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बसडिलवा बस्ने २४ वर्षीय कामरान खान, २५ वर्षीय सेफ अली र ओमसतिया गाउँपालिक४ बस्ने २८ वर्षीय बिनोद चमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय भैरहवा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका- बाट नियन्त्रित लागूऔषध स्पास्मो ५५ ट्याब्लेट सहित सोही नगरपालिका-३ पडरिया बस्ने १९ वर्षीय अफजल अलि भाटलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय लुम्बिनी स्थायी प्रहरी पोष्ट महिलवारबाट खटिको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-१ खैजनपुर बस्ने २२ वर्षीय सन्तोष चौधरीलाई अवैध लागूऔषध गाँजा २५ ग्राम र  नियन्त्रित लागूऔषध डाईजेपाम एम्पुल, बुप्रनोर्फिन एम्पुल फेनारग २ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका-८ भासिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रासहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुनिल डगौरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय महेन्द्रनगरसमेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, गौरगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५५ मिलिग्राम सहित भारत किसानगन्ज२ पलसाह बस्ने २३ वर्षीय सलमलाईआइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)