अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं, १० चैत

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । डा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय बिशाल लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढा र सोही उपमहानगरपालिका-५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल रहेका छन् । डा प्रहरी कार्यालय धनगढीलागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

दाङ, घोराही उपमहानगरपालिका-१० पहेलपार गाँउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर वली र सोही उपमहानगरपालिका-१२ बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ बागमारा ताईवाङ ठेगाना भएका २८ वर्षीयकरण बुढा मगर रहेका छन् । लाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

बाँके, जानकी गाउँपालिका-५ बुडियागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९ ग्राम ६० मिलिग्राम र नगद ४२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ६६ वर्षीय रम्मन खानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथउनले प्रयोग गरेको भे.६ प ३३०७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-१० बस्ने २३वर्षीय गणेश दाहाल, २७ वर्षीय सुमन कोइराला, २९ वर्षीय डिकेश कार्की र २६ वर्षीय यज्ञ राम कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

काठमाडौं, गोकर्णश्वर नगरपालिका५ जोरपाटीबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीयदावा छिरिङ स्याङतानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका४ बस्ने २७ वर्षीय रन्जित चौधरी र ३४ वर्षीय कालुराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको भे.१० प ८०३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-५ विलाउनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोह नगरपालिका-३ मोतिगडा बस्ने ३७ वर्षीयरोहित चौधरी र ३१ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाटखटिएको प्रहरीले सप्तरीबाट गाघाटतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ७८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहा, लहानगरपालिका-१९ कटहा कालाबन्जरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, ुप्रेर्फिन ३६ एम्पुल, प्रोमेथजाइन ३६ एम्पुल नाइट्राजेपाम ३ सय ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सखुवानन्कारकट्टी गाउँपालिका-२ बस्ने २१वर्षीय अमरेश कुमार यादव, लहान नगरपालिक२० बस्ने २३वर्षीय पंकज शर्मा र सोही नगरपालिका-१ बस्ने १९ वर्षीयाजिव कुमार दास रहेका छन् । लाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले छरापटी चोकबाट कालाबन्जरतर्फ आउँदै गरेको .६ प ११४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)