अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं, चैत

मोरङ, उर्लाबारी नगरपालिका-३ थापा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट स्पास्पेन १ सय ९४ ट्याब्लेट सहित २ जनालाई बिहबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गरपालिका-६ बस्ने २० वर्षीय ईन्द्र मगर र सोही गरपालिका-५ बस्ने ३० वर्षीयभबिन्द्र दर्जी रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिक७ लाहुरे चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल सहित सोही नगरपालिका-२ बस्ने ३०वर्षीय राजकुमार तामाङलाई बिहबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । लाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाटखटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, कालिका नगरपालिका-७ क्लब चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल र बुप्रेनोर्फिन ८ एम्पुल सहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अमृत बम्जनलाई बिहबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिम, पाल्हनन्दन गाउँपालिका-२ सुगौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोह गाउँपालिका-३ छोट्की कुस्मा बस्ने ४० वर्षीय शेष कुमार उपाध्यायलाई बिहबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरास पश्‍चिमबाट खटिएको प्रहरीले युपि ५६ एबि ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, पर्सागढी नगरपालिका-९ बडेरवाबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सखुवा प्रसौनी गाउँपालिका-२ जमुनिया बस्ने ६० वर्षी धुर्व ठाकुरलाईबिहबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय एकटाँगा खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो

कैलाली, धनगढी उपमहानगरपालिका३ फिस रिसोर्टनजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई बिहबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल रानागोदावरी नगरपालिक६ बस्ने २१ वर्षीय रवी चौधरीरहेका छन् । लागूऔषध नियन्त्रण ब्यूो शाखा कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१०२ प ०१४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बुद्धनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित नगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने वर्षीया रेनुका चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो

तनहुँ, बुखैरेनी गाउँपालिका- बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ८ सय ८० ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका-६ हरामटारी चोक बस्ने २५ वर्षीयअनिल अधिकारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट गोरखातर्फ आउदै गरेको बा.प्र.०१.००६ ख ३९७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका३ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका५ दुर्गापुर बस्ने तेह्रथुम ठराई गाउँपालिका५ घर भएका २१ वर्षीय सुन्दर सिवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महेशपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही, सियारी गाउँपालिका- सोनारेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५९ मिलिग्राम र नगद ३ हजार सय ६० रूपैयाँ सहित तिलोत्तमा नगरपालिका-१२ मकर्हर बस्ने २५ वर्षीय विशाल नायकलाईबिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकीचिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनकुटा, शहिदभुमी गाँउपालिका१ त्रिवेणघाटबाट वैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई३२ वर्षीय नगेन्द्र राई रहेका छन् । प्रहरी चौकी त्रिवेणबाट खटिएको प्रहरीले त्रिवेणीघाटबाट पोखरेतर्फ जादै गरेको प्रदेश ३-०२-०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)