अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं, ७ चैत

काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमती सानोपुल एरियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई काठमाडौं बानियाटार बस्ने २० वर्षीय सुरेन स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।

सर्लाही, लालबन्दी नगरपालिका-बाट नियन्त्रित लागूऔषध स्पास्मो सय ४४ ट्याबलेट सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम पुजन साह सुडीलाईबुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बर्दिबासबाट डाबरीतर्फ जादै गरेको ज.१२ प ६१२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल सय १८ ट्याब्लेट जुब्लिन सय २३ट्याब्लेट सहित बाग्लुङ रेङ गाउँपालिका-१ बस्ने २२ वर्षीय प्रेम बहादुर थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउदै गरेको लु.प्र.०१००१ ज ००९३ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुलडाइजेपाम १५ एम्पुल सहित सुन्दरहरैचा नगरपालिका-५ बस्ने २४ वर्षीय नेत्र बहादुर खनाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बेलबारी नगरपालिका-४ काकुम झोडा डेरा गरी बस्ने रतुवामाई नगरपालिका-घर भएका ३० वर्षीय सुशिल मोतेलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र  नगद ६१ हजार ६ सय ४० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको को. २४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

चितवन, रत्ननगर नगरपालिका-७ मालपुर बस्ने ३१ वर्षीयगणेश लामालाई अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम र नगद लाख २० हजार रूपैयाँ सहितबुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१७ वरकोबोटबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ४४ एम्पुल, फेनारगन सय ४२ एम्पुल डापाम १ सय ४३ एम्पुल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-११ रानीपौवा बस्ने २६ वर्षीयाएलिना पुन, माछापुच्छ्रे गाउँपालिका-३ घाचोक बस्ने ४१ वर्षीयसन्तोष गुरङ र अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका- मिरवा बस्ने ३१ वर्षीय सुजन गुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराप्रहरी चौकी छोरेपाटनबाटखटिएको प्रहरीले बुटलवलबाट पोखरातर्फ आउदै गरेको ग.१ ज ८८०९ नम्बरको भी भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, जानकी गाउँपालिकाबाट अवैध लागूऔषधखैरो हेरोन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका८ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-९ बिजुलयाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने बझाङ केदारस्यु गाउँपालिका घर भएकी ४५ वर्षीया गौरी गुरधामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देबरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर पलिया सुवास नगर बस्ने २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीयअंगद सिंह रहका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

झापा, दमक नगरपालिका५ आकाशे पुलबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेटसहित कमल गाउपालिका५ मंगलबारे बस्ने २८ वर्षीय सुरज तुम्बाहाम्फेलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका४ स्थित पर्व बस स्टेण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट र स्पास्पेन १ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१० शिव नारायण टोल बस्ने २५ वर्षीयसविन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, मदत्त नगरपालिका-१८ बिशालनगर सुकुमबासी बस्तीबाट अवैध लागूऔषध खैरो हेरोन जस्तो देखिने पदार्थ ३ य ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बादल लुहार२६ वर्षीय साहिल धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीलेबादलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई  पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)