छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, ६ चैत

सर्लाही, ईश्वरपुर नगरपालिका-४ खोकनाजंगलस्थितसडकमा प्रदेश२-०३-०१४ प १६८४ नम्बरको मोटरसाइकललाई प्रदेश २-०२-००१ त ८२१ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिदा मोटरसाइकल चालक सोहीगरपालिका-४ शान्ती टोल बस्ने ६४ वर्षीय दान बहादुर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाही, बलरा नगरपालिका-११ छतौनास्थितसडकमा प्र.२-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकल प्र. ०२-००६ प ००६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्करखाई मंगलबार दिउँसो दुर्घटना हुँदा प्र.२-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहट दुर्गा भगवतगाउँपालिका-५ बस्ने ४६ वर्षीय नरेश प्रसाद जयसवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।साथै दुर्घटनमा घाइते भएका प्र.२-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको वयोधा अस्पताल वीरगंजमा उपचार भइरहेको छ । प्र. ०२-००६ प ००६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।  

रौतहट, राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित सडकमा म.प्र.०३-००१ ह २११९ को ई-रिक्सा र बिआर ३० एम९८७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गौर नगरपालिका-९ सिरसिया टोल बस्ने शेख जमालदिनको छोरा १४ वर्षीय शेख ज्याउलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाइते भएका उनको मधेश जनसेवा हस्पिटल प्रालि हर्नैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ई-रिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

बारा, तपुरसिमरा उपमहानगरपालिका-७ केराढोकास्थित सडकमा ना.६३ प १६४ नम्बरको मोटरसाइकअनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलचालक पर्सा रगंज महानगरपालिका-३ बस्ने ४२ वर्षीयनाशिर अलिमंसुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भर घाइते भएका उनको नारायण अस्पताल रगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  

मोरङ, उर्लाबारी नगरपालिका-३ नयाँ मङ्गलबारेस्थिसडकमा बा.९३ प ४३६४ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हँदा चालक सोही नगरपालिका-८ बस्ने अन्दाजी २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यरो हस्पिटल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुर, बाग्मती गाउँपालिका-३ माझखोलास्थितसडकमा बा.२० च ७८७४ नम्बरको गाडी अनियन्त्रित भईबुधबार बिहान दुर्घटना हुँदा सहचालक धनुषा घर भएका ३२वर्षीय मनोज सुनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालकको सोही अस्पालमा उपचार भइरहेको छ ।

म्याग्दी, मालिका गाउँपालिका-४ सुङ्ग्रे पानीस्थित सडकमा.१ ज ५६१२ नम्बरको जिप अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-४ चिउरीबोट बस्ने ३१ वर्षीय नगेन्द्र रसाईलीको घटनास्थलमै मृत्यु भएको  छ । दुर्घटनाम घाइते भएका जिप चालक समेत ४ जनाको दरबाङ आधारभुत अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)