अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, चैत  

रूपन्देही, बुटवल उपमहानगरपालिका२ फलबारीबाट नियन्त्रित लागूऔषध सेरिज्याक २५ एम्पुल, फेनारगन २२एम्पुल र टालजेसिक २४ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीयाम दमै लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधफेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, गैडाकोट नगरपालिका-१० बस्ने ३१ वर्षीय सन्देश श्रेष्ठलाई नियन्त्रित लागूऔषध आइपिपिएल ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, ट्रामाडोल सय १९ ट्याब्लेट, भोमाइन सय ट्याबलेट नगद ५ हजार सय ५० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट वेल्डिहाबाट खटिएको प्रहरीले उनकोघर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

दार्चुला, महाकाली नगरपालिका-१ छापरी बस्ने ४६ वर्षीया जानकी कार्कीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सय ३६ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको पसलतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका२ त्रिनगर ब्यारेलबाट नियन्त्रित लागूऔषधपेन्टाडोल ३२ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-४ उत्तरवेहडी बस्ने २२ वर्षीयकरन रतौकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-८ कमानेबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ २ ग्राम २सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौडा उपमहानगरपालिका-८ बस्ने ३७ वर्षीय रनिश थापा, ३५ वर्षीयसुनिल खड्गीसोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीयधन सिंह वाईबा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, ेटौडा उपमहानगरपालिका-१० न्यरेनीबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४३ वर्षीय हुम बहादुर थापा मगर, हेटौडा उपमहानगरपलिका-२ बस्ने २४ वर्षीय बिजय आले मगर र सोही उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय रबिन सुनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले हुम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१० जलौरा चोकस्थित प्युठानी खाजा पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने पर्सा घर भएका ३० वर्षीय सम्साद आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलाय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)