नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

धनकुटा, ५ चैत

धनकुटा नगरपालिका-७ जिरोप्वाईन्टबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ क्याप्सुल, स्पास्मो १ सय २५ क्याप्सुल स्पास्पेन २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीयरविन राई समेत २ जनालई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकुटाबाट खटिएको प्रहरीले रविनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)