सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा

सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा

काठमाडौं५ चैत

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्‍वास राखेको मुलुकको महत्वपूर्ण संगठन भएको चर्चा गर्दै निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनु जरूरी रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेषसमारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनसम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठनकोश्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो

नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो । यसका लागि नेतृत्व तह मात्र हो, हर जवान सम्म यो भावनाले युक्त हुनु पर्दछ । त मात्र राष्ट्र र नागरिकले परिकल्पना गरेको प्रहरी संगठनको स्वरूप हुनेछ सबै प्रहरी कर्मचारीहरू संगठनको संस्थागत सुधार श्रीवृद्धिमा केन्द्रीत हुनुपर्ने बताउँदै सामुहिक भावना, भातृत्व र आपसी एकताले मात्र संगठनको सुदृढीकरण र उन्नतीको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

देशव्यापी सञ्जाल संरचना भएको नेपाल प्रहरी फौजदारी न्याय प्रणालीको महत्वपूर्ण अङ्ग, नागरिकको शान्ति सुरक्षाको पहरेदार, न्यायको धरोहर, विपद एवम् सुख दु:खमा राज्यको पहिलो प्रतिनिधि, न्यून साधनश्रोतमा पनि उच्च प्रतिफल दिन सक्ने संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले राष्ट्र र आम नागरिकमा नेपाल प्रहरी प्रतिको विश्वास र भरोसामा आँच आउने काम कोहीकसैबाट हुने छैन भन्ने कुरामापूर्ण विश्‍वस्त रहेको बताउनुभयो । विभिन्न सामाजिक सञ्जालका माध्यमहरमा केही व्यक्ति तथा समूहहरले विभिन्न जातजात, र्ग, धर्म संस्कृतिका विरद्ध गलत सूचना प्रवाह गर्ने, दुष्प्रचार तथा मानहानी गर्ने प्रवृत्ति ढ्दो रहेको र त्यसबाट उत्पन्न हुन सक्नेमाजिक विचलन र कानूनी जटिलतालाई सम्बोधन री कार्यसम्पदान गर्नुपर्ने चुनौतिको रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार-पसार, मानव तस्करी, आर्थिक अपराध लगायतका अपराधहरको अनुसन्धानका लागि थप क्रियाशील हुनु पर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक थापाले व्यावसायिक कार्यसम्पादन एवम् उच्च नैतिक आचरणमा आधारित मुल्याङ्कन र सोही आधारमा वृत्ति विकास तथा अवसरको प्राथमिकता आफ्नो नीति रहेको चर्चा गर्दै प्रहरी नियमावलीमा भएको पुरस्कार र सजायको व्यवस्थालाई थप प्रभावकारी मा कार्यान्वयन गरिने तथा भ्रष्टाचार, अनियमिततागैर व्यावसायिक आचरण एवम् व्यवहार विरद्ध शन्य सहनशताको नीतिलाई कठोरतापूर्वक कार्यान्वयन गरिने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरले अपनत्व महशुस गर्न सक्ने, सरवा बढुवा वृत्तिविकासका अवसर संगठन भित्रै खोज्ने र उपलब्ध हुने उल्लेख गर्दै उहाँले योग्यतामा आधारित स्वचालित प्रणाली बनाप्रहरी कर्मचारीहरका लागि समान अवसर सुनिश्चित गर्ने, दुर्गम/जोखिमयुक्त ठाउँमा कार्यरत प्रहरी कर्मचारीलाई विशेष सुविधा वा प्राथमिकता प्रदान गर्दै प्रहरी कर्मचारीहरको सरुवा, बढुवा एवम् वृत्ति विकासमा पारदर्शिता तथा अनुमानयोग्य प्रणालीलाई सुदृढ एवं स्वचालित बनाने बताउनुभयो । प्रहरी कल्याण कोषको व्यवस्थापन एवम् सञ्चालनलाई सुदृढ बनाप्रहरी कल्याण कोषका योजना तथा कार्यक्रमलाई आवश्यकता एवम्औचित्यका आधारमा प्रहरी कर्मचारीको हक, हित र कल्याण अभिवृद्धि हुने गरी प्रहरी कल्याण कोषको पारदर्शी, औचित्यपूर्ण एव न्यायोचित परिचालन तथा व्यवस्थापन गरिने समेत उहाँले बताउनुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायवमहानिरीक्षकहर, प्रहरी प्रधान कार्यालय तथ उपत्यकास्थितवरिष्ठ प्रहरी अधिकृत तथा जवानहरको उपस्थितिको साथैप्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेशकार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरीतालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथाट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरीकार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणकाप्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमाउपस्थिति रहेको थियो

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)