करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, चैत  

रौतहट, देवाहिगोनाही नगरपालिका-६ बस्ने नन्दकिशोर पण्डितको छोरा वर्षीय अंकुश पण्डितको करेन्ट लागसोमबार दिउँसो मृत्यु भएको छ । कटहरिया नगरपालिका-४ बहादुरपुरस्थित मामाघरमा रहेको पानी तान्ने कलमा जडान गरिएको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ कुवागाउँ बस्ने ४६ वर्षीया सुभावती मुराउको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)