छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, २ चैत
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बिपिचोकमा बा.५ ख ११६८ नम्बरको टिपरले टुचिन लगाई गोकर्णतर्फ तान्दै ल्याउँदै गरेको बा.१२ च २६९७ नम्बरको बलेरो गाडीमा बा.४८ प ३६४० नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–१ सानीटारी बस्ने ३७ वर्षीयअनुज ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर र बलेरो गाडीकाचालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा.१ ख २६२२ नम्बरको टिपरलेप्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका–११ घर भएका सुकराम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।
नुवाकोट, बिदुर नगरपालिका-४ सिचाईस्थित भित्री सडकमा बट्टारबाट दानसिङतर्फ जाँदै गरेको बा.४६ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा चालक तार्केश्वर गाउँपालिका-१ दानसिङ बस्ने ३२वर्षीय चतुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, कोल्हबी नगरपालिका-१ जमुनी खोला पुल नजिक सडकमा सपहीबाट कोल्हबीतर्फ आउँदै गरेको ग.८ प ७८११ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कोल्हबी नगरपालिका-१ बस्ने ३० वर्षीय घनश्याम पनुहरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बायोद्या अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-८ करकार्यालयस्थित सडकमा इटहरीबाट दुहवीतर्फ जाँदै गरेको प्र.१ ०२-०४८ प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दुहवी नगरपालिका-१२ बस्ने २५वर्षीय पुरन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दाङ, राप्ती गाउँपालिका-४ मौरीघाटस्थित सडकमा ग.६ प ९४३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ पिपरखुट्टी बस्ने २२ वर्षीया पार्वती नेपालीकी छोरी ६ महिनाको एन्जल नेपालीको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी पार्वतीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्