हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न पक्राउ

हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न पक्राउ

काठमाडौं, २ चैत  

हत्या, श्रृंखलाबद्ध डकैतीलुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोलाजिम्पटाबाट टिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-१९ लगनखेलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा तामाङको योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मी मुसिकोट नगरपालिका७ न्वारास्थित गंगा नामको होटल संचालन गरबस्ने बाग्लुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८वर्षीया गंगा भन्ने गोपाल कुमारी शेरचनको हत्या गरी गरगहना र नगद लुटपाट भएको खुल्न आएको छ ।

यसैगरी काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ फस्कोटमा बिक्रम तामाङको श्रीमती बेली तामाङलाई २०७९ कात्तिक २७ गते ति धारिलो हतियार प्रहार गर नगद तथागहना डाँका गरेको, काभ्रेपलान्चोक पनौती नगरपालिका५ चौकोटस्थित ग्रिन हिल नेवा खाजा तथा खाना घरका संचालक धर्म गोपाल श्रेष्ठलाई २०८१ साउन ३१ गते राि धारिलोहतियार देखाई नगद ४० हजार लुटपाट गरेको, काभ्रेपलान्चोकबनेपा नगरपालिका-३ टनचोक डाँडा बस्ने ३२ वर्षीय लोप्चन लामाको घरमा २०८१ माघ ४ गते राति धारिलो हतियारदेखाई मोवाथान, नगद, गरगहना धनमाल लुटपाट गरेको तथा काभ्रेपलान्चोक बनेपा नगरपालिका-४ रेडक्रस टोलबस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा २०८१ माघ १३ गते राति धारिलो हतियार देखाइ सुनको गरगहना, नगदम्धनमाल लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्एको छ ।

तामाङलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)