सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, २९ फागुन
नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ ज्यामिरे चेक पोष्ट नजिक सडकमा बर्दियाबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ०१९६ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ललितपुर महानगरपालिका-१४ बस्ने ६३ वर्षीया ममता कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मध्यविन्दु प्रादेशिक अस्पताल डाण्डामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर चोकस्थित सडकमा बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले बा.३१ प ४४४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षीय श्याम कृष्ण कायस्थको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर ईन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका–१३ थसीखेलस्थित सडकमा चापागाउँबाट एकान्तकुनातर्फ आउँदै गरेको बा.१ प ८७० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सातदोबाटोस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, रामगोपालपुर नगरपालिका-९ खोपिस्थित सडकमा एएस-०२–४७७५ नम्बरको रथ बुधबार राति पल्टिएर दुर्घटना हुँदा रथमा सवार भारत बिहार सितामढी सोनबर्षा बस्ने रूदल रामको छोरा १२ वर्षीय आदित्य रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी पर्सा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रथमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिराहा, धनगढीमाई नगरपालिका-३ कुरूवा टोलस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्रीसोही ठाउँ बस्ने सेवका रामको छोरा ८ वर्षीय अजित रामको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका-४ स्थित सडकमा ईनरूवाबाट हरिनगरातर्फ जाँदै गरेको प्र.२-०१-००१ त २४७१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५वर्षीय उमेश महतोको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरी ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्