अवैध लागूऔषध गाँजा बरामद

अवैध लागूऔषध गाँजा बरामद

बारा, फागुन

कोल्हबी नगरपालिका-५ सोनाभारबाट अवैध लागूऔषधगाँजा करिब ५६ किलोग्राम सोमबार राति प्रहरीले बराद गरेको छ ।

इलाका प्रहरी कार्यालय कोल्हबी र प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरीलई देख्नासाथ कुमरगढीबाट सोनाभार टोलतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)