अवैध लागूऔषध सहित सात जना पक्राउ

अवैध लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं, २५ फागुन

ोटाङ, जन्तेढुङगा गाउँपालिका-३ छिमाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो सय ६० ग्रामसहिसोही गाउँपालिका-४ खाप्तिङ घर भई उदयपुर बेलका नगरपालिका-१ आम्बासी बस्ने ४५ वर्षीय राम कुमार राई समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले खाप्तिङबाट बंसिलातर्फ जाँदै गरेको प्र-१-०४-००१ ह ०२७८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचनगर नगरपालिका-१० हिमालय टोल बस्ने २६ वर्षीय प्रकाश यादव र सोही नगरपालिका-१० शान्तिचोक बस्ने ३२ वर्षीय साकिर महमद रहेका छन् । प्रहरी बिट मेचपुल लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल उँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नहुँ, आँबुखैरेनी गाउँपालिका४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका४ घर भएका २३ वर्षीय अनमोल रिमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मुग्लिबाट आँबखैरेनीतर्फ आउँदै गरेको बा.५ ख ६९६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)