सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, २५ फागुन

सिराहा, अर्नामा गाउँपालिका-३ पछवारी टोलस्थित सडकमा अर्नामा बजारबाट अर्नामा गाउँतर्फ जादै गरेको स.१ द ८५ नम्बरको ट्याक्टरको ठककरबाट साकलयात्री सोही ठाउँ बस्ने राम सेवक महतोको छोरा १३ वर्षीय सतिस कुमार महतोको शनिबार दिउँसो घटनास्थलम मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, नगढी पमहानगरपालिका-१४ स्याउले बजारस्थित सडकमा से.२ प ३५९० नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा से.२ प ३५९० नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका-६ बस्ने ४० वर्षीय पलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको नोभा असपताल धनगढीमा उपचार भरहेको छ ।

यसैगरी कैलाली, चुरे गाउँपालिका-५ निङलाडीस्थित सडकमा दिपायलबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र.०१००१ ज १५२२ नम्बरको जिप अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक डोटी सायल गाउँपालिका-घर भएका २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनालाई उपचारको लागी मायामेट्रो अस्पताल धनगढी पठाएको छ ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित सडकमा पोखराबाट बेलचौतारातर्फ आउदै गरेको ग.१३ प ५०६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बेलचौतारा बस्ने ५२ वर्षीयबालकृष्ण पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला श्ववास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो

रूपन्देही, बुटवल उपमहानगरपालिका१३ बेलवास शिवालय मन्दिर अगाडि सडकमा .१ ज ७८०५ नम्बरको फोर्सगाडीको ठक्करबाट सोही उपमहानगरपलिका-१३ बस्ने १८वर्षीया प्रबिना क्षेत्रीको मृत्यु भएको छ । गाडीले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बुटवल हस्पिटल प्रालिमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गाडी चाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)