सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, २४ फागुन
उदयपुर, त्रियुगा नगरपालिका-९ माथाने टोलस्थितसडकमा चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०५-००१ ह०३१० नम्बरको अटोमा प्र.१-०२-०४३ प ५७४३ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका-७ वाराङ्गी बस्ने २६ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-५ कुसाहा चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीया उर्मीला देवी सेठको शुक्रबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१४ गोरसदी तल्लो डण्डा भित्री सडकमा डण्डाबाट कोल्हुवातर्फ जाँदै गरेको लु.१८ प ७४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय मान बाहदुर कार्कीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्