अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

झापा, २३ फागुन  

मेचनगर नगरपालिका-१० धुलाबारी सृष्टि टोल बस्ने ४५वर्षीया नाजेरा खातुनलाई अवैध लागूऔषध गाँजा १ किलो सय १० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)