आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २२ फागुन  

दोलखा, तामाकोशी गाउँपालिका-२ झुले बस्ने राम बहादुर श्रेष्ठको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्ने हेमन्त ज्ञवालीको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)