विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २२ फागुन  

ढानिलकण्ठ नगरपालिका-७ च्यासिङ टोल बस्ने ४१ वर्षीय लक्ष्मी राज जोशीको घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ५ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ बिरेन्द्र चोक डेरा गरी बस्ने काभ्रे माल गाउँपालिका-१ घर भकी ३८ वर्षीयाता भण्डारीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब २ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)