जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ, २० फागुन

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जुम्ला गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपालिका-३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी रेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)