अवैध लागूऔषध सहित सात जना पक्राउ

अवैध लागूऔषध सहित सात जना पक्राउ

 काठमाडौं, १९ फागुन

कैलाली, धनगढी उपमहानगरपालिका१२ घले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २८ वर्षीय किशोर जोशी, ३५ वर्षीय जगदिश राना र २८ वर्षीय भीमनाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बारा, तपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो सय ग्राम सहित धादिङ गजुरी नगरपालिका-४ बस्ने २६ बर्षीय राजन चेपाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले धादिङबाट वीरगंजतर्फ जाँदै गरेको प्र.०३-०३-००१ प ५२७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, द्रपुर नगरपालिका- बाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ग्राम २ मिलिग्राम सहित सोही नगरपालिका-१ पृथ्बीनगर बस्ने २९ वर्षीय प्रन्नयन तामाङलाईआइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बरेन्द्रनगर नगरपालिका२ ठउरी बस्ने २४ वर्षीय राम बहादुर नेपाली र बराताल गाउँपालिका-२ रानघाट बस्ने २१ वर्षीय रामचन्द्र थापा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थै उनीहरूले प्रयोग गरेको भे.९ प ८७७०नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)