जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

तनहुँ, १७ फागुन  

ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार सय १० नेपाली रूपैयाँ, २ हजार सय ५० भारतीय रूपैयाँ र सय १३ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)