छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं, १६ फागुन
काठमाडौं महानगरपालिका–११ स्थित सडकमा बानेश्वेरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६-००१प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका-११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ गोलढुंगा बस्ने २० वर्षीया सञ्जिता महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ साधिटारस्थित सडकमा प्र.३.०१ ००५ ख ९९४० नम्बरको बस र बा.प्र.०२ ०३७ प ०८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय बिकाश जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिन्धु सदावहार अस्पताल खाँडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ । बस चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, यसोधरा गाउँपालिका-७ मुडिलाचोकस्थित सडकमा तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको युपि ५५ एयु ३२४६ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत सिद्धार्थनगर कोपिहवा बस्ने ५० वर्षीया मञ्जु श्रीवास्तवको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलीहवा हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-३ बगनाहास्थित सडकमा भुरिगाउँबाट बनकट्टितर्फ जाँदै गरेको भे.१२ प ११०८ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका-३ बस्ने ६०वर्षीय दरवारीया थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ ।
जाजरकोट, कुसे गाउँपालिका-४ सांङाचौरस्थित सडकमा भे.१ त ८८४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय धन बहादुर दमाईको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻



प्रतिकृया दिनुहोस्