जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

नुवाकोट, १६ फागुन  

​लिखु गाउँपालिका-४ चौघडा बस्ने ३९ वर्षीया सरस्वती भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५७ वर्षीय राजाराम थपलिया समेत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)