अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं, १६  फागुन

कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ डेरा गरबस्ने बैतडी पुर्चौडी नगरपालिका-१० घर भएका २८ वर्षीयविशाल महरा गोदारी रपालिका२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । लाका प्रहरी कार्यालय मालाखेती लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका५ मेचबिटबाट वैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २८ मिलिग्रामसहित दमक नगरपालिका४ कृष्ण मन्दिर नजिक बस्ने २३वर्षीय संजित राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ पैदल आउँदै गरेक उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४६ मिलिग्राम सहित मकवानपुर हेटौडा उपमहानगरपालिका-१७ हटिया टोल स्ने २१ वर्षीय मिन बहादुर अधिकारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-११ र १२ को सिमाना पर्ने भाइरल पुल भन्ने स्थानबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ग्राम सहित सोही उपमहानगरपालिका-१२ आल्दमार बस्ने ६० वर्षीय छविलाल वाईवालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरमकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  करिब ३ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय पेश घलान र उनकै श्रीमती २१ वर्षीया एलिशा थिङ रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीलेवीरगंजबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०२-००१ ख ४१४७ नम्बरको बसलाई जागर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-४ हिरापनी चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध ट्रामोल ५ सय ८० ट्याब्लेट र नाईट्राजेपाम सय ८५ याबलेट सहित भारत बिहार मोतिहारी थाना चिरैयाबस्थी सानिरिया बस्ने १७ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ढुङग्रेबासबाट खटिएको प्रहरीले ढुङग्रेवासबाट चियाबारीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मनाङ, नासो गाउँपालिका-१ ताल डाँडाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४८ ग्राम सहित चामे गाउँपालिका-२ थान्चोक बस्ने २५ वर्षीय रोशन घलेलाईबिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तालडाँडाबाट खटिएको प्रहरीले बेसिशहरबाट चामे मनाङतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)